बाँकेमा देउवा प्यानलका उम्मेदवार घोषणा

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) प्यानलको पदाधिकारी उम्मेदवार घोषणा गरिएको छ ।

नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच उम्मेदवार घोषणा गरिएको हो ।

कांग्रेसका नेता एवम् क्षेत्र नम्बर १ का पुर्वसभापति माधवराम खत्रीले उम्मेदवारको नाम घोषणा गर्नुभयो । देउवा प्यानलबाट उपसभापतिमा कृष्ण कार्की र सुदिप नरसिंह राणा, सचिवमा रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी, सह-सचिवमा पुरनसिंह ठकुरी र बिनोद थारुको नाम घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खत्रीले देउवा प्यानलबाट सभापति पदमा तीन जना उम्मेदवार भएपनि पदाधिकारी र सदस्यको एउटै प्यानल बनाइएको बताउनुभयो ।

घोषणा कार्यक्रमलाई कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।

कांग्रेस बाँकेको निर्वाचन यही फागुन १५ गते हुँदैछ । निर्वाचनका लागि फागुन १२ गते बिहीबार उम्मेदवार मनोनयन दर्ता गरिनेछ ।

Previous articleकांग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक
Next article१५ जनाको ६ करोड २५ लाख रकम लिएर भागेपछि…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here