
नेपालगञ्ज । बाँकेको जमुनाहा नाकाबाट ३ किलो चरेससहित दुई महिला एक पुरुष जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार बिहीबार भारत जाँदै गरेका केही व्यक्तिलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुबाट अन्दाजी ३ किलो लागु औषध चरेस फेला परेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जुमनाहामा बिहीबार दिउँसो २ बजेको समयमा चेकजाँच गर्ने क्रममा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ४ पिलक बस्ने ४० वर्षीय बिरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा नं २ का २३ वर्षीया खिमा खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जमुनाहा प्रहरी प्रमुख मिन बहादुर बिष्ट, लागु औषध अनुसन्धान ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले दुई जना महिलाले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई राखिएको करिब ३ किलो लागु औषध चरेस फेला परेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिए आवश्यक अनुसान्धान शुरु गरिएको छ ।





