नेपालगञ्जका सार्वजनिक शौचालय व्यवस्थापनमा समस्या

नेपालगञ्ज । नेपालगञ्जमा संचालित सार्वजनिक शौचालयहरु व्यवस्थापनमा समस्या देखिएको छ । नेपालगञ्ज बजारको बिभिन्न क्षेत्रमा संचालनमा रहेका सार्वजनिक शौचालय प्रयोगकर्ताले ध्यान नदिने गरिएका कारण व्यवस्थापनमा समस्या देखिएको हो ।

सार्वजनिक शौचालयलाई सार्वजनिक सम्पत्तिको रुपमा स्थानीय तथा सर्वसाधारणले नलिन व्यवस्थापनमा चुनौती रहेको छ । शौचालयमा जाने व्यक्तिहरुको चेतना भन्ने वा जानी जानी भएका संरचना वा व्यवस्थालाई तोडफोड हुने कार्यले गर्दा संचालकलाई व्यवस्थान गर्न गाह्रो भएको छ ।

नेपालगञ्जका बिभिन्न क्षेत्रमा रहेका शौचालयहरुको अनुगमनका क्रममा यस्तो समस्याले व्यवस्थापनलाई चुनौति दिएको देखिएको हो । अनुगमन गरिएको सबै शौचालयहरुमा सरसफाईको अवस्था ठिक रहेपनि प्रयोगकर्ताको बदमासीका कारण भएका संरचनाहरु तोडफोड भएको पाइएको छ ।

सीमा क्षेत्र जमुनाहा, चौलिक्का चोक, जयसपुर, धम्बोझी, कारकाँदो र राँझा चोकमा रहेको शौचालयको अवस्थाबारे अनुगमन गरिएको थियो । उपमहानगरपालिकाले शौचालय संचालनका लागि ठेक्का दिईसकेपछि निभाउनुपर्ने जिम्मेवारीबाट पञ्छिएका कारण पनि समस्या देखिन्छ ।

शौचालयको सरंक्षणका लागि व्यक्तिको उपस्थिति हुने भएपनि राती शौचालयका सामाग्रीहरु चोरी हुने गरेको, पाईप, बेसिन, हात धुने क्षेत्र र ढोकाको चुक्कुल तोडफोड हुने गरेको देखिएको नेपालगञ्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो ।

‘शौचालय संचालनमा कुनै समस्या देखिएको छैन,’ इन्जिनियर डिसीले भन्नुभयो, ‘स्थानीयले अपन्त्व लिन सकेका छैनन् ।’ रेखदेख गर्ने व्यक्तिको उपस्थिति हुँदासम्म ठिकै हुने र नभएको समयमा शौचालयको संरचनाको तोडफोड हुने गरेको इन्जिनियर डिसीले बताउनुभयो ।

शौचालय प्रयोग गर्ने सर्वसाधारण, बटुवा र स्थानीय व्यापारीहरुले सबैका लागि संरचना भएको र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने मानशिक बिकास नहुँदासम्म निरन्तर समस्या देखिने इन्जिनियर डिसीले बताउनुभयो । शौचालयमा नियमित पानीको व्यवस्थापनका लागि राखिएको मोटर पटक पटक चोरी भएर ठेकेदारलाई समेत व्यवस्थापन गर्न गाह्रो बनाएको छ ।

सार्वजनिक शौचालय संचालनको जिम्मा पाएको ठेकेदार क्लिनर्स कन्सर्न सर्भिसका प्रमुख बिमल शेर्पालीले प्रयोगकर्तामा समेत प्रयोगबारे चेतना बिस्तार गर्नुपर्ने बताउनुहुन्छ । ‘पटक पटक भौतिक संरचनामा क्षति पुर्याईन्छ,’ प्रमुख शेर्पालीले भन्नुभयो, ‘व्यवस्थापन गर्न गाह्रो भइसकेको छ । तर पनि हरसम्भव प्रयास जारी छ ।’

नेपालगञ्जमा सरसफाईको क्षेत्रमा उपमहानगरपालिकाको समन्वय सहकार्यमा काम गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा एस एनभि नेपालको सहयोगमा संचालित स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनामार्फत गरिएको अनुगमनमा इन्जिनियर डिसी, एन एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारी, परियोजना संयोजक गफ्फार अलि शेष, फिल्ड सुपरभाईजर हिरेन्द्र शाही र पत्रकारको सहभागिता रहेको थियो ।

Previous articleहात्तीपाइले अभियानका लागि डुडुवामा रणनिति तयार
Next article१० वर्षपछि भारतको अल्मोडाबाट नेपालगञ्जकी एक किशोरीको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here