सूर्या लाईफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को माघ मसान्त सम्ममा उत्कृष्ठ व्यक्तीगत र टीमबाट व्यवसाय गरेकाहरुलाई सम्मान गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, एरिया शाखा प्रमुख रविन्द्र हमाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बाँके र बर्दियामा कार्य क्षेत्र बनाई काम गरिरहेका अभिकर्ता र एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

Previous articleबाँके सहसचिव पदमा बिजयीको आर्शिवाद लिँदै सिंह
Next articleजिल्ला लिगमा ओशोनिकको दोस्रो जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here