
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नेतृत्वका लागि उम्मेदवार घरदैलोमा व्यस्त छन् । बाँकेको नेतृत्व कसरी अगाडी बढाउने र के कस्तो हुनुपर्ने सुझाव सल्लाह ग्रहण गर्दै आश्वासन बाँड्दै उम्मेदवार निर्वाचिनमा होमिएका छन् ।
बिभिन्न पदका उम्मेदवारमध्ये निर्वाचनमा बिजयी हुने आशाका साथ घरदैलो भेटघाटमा व्यस्त हुनुभएको छ, सहसचिव पदका उम्मेदवार रेणु सिंह । जसको पारिवारिक पृष्ठभूमि पनि नेतृत्वमै बितेको छ ।
घरदैलो र भेटघाटकै क्रममा गौडेल समूहको प्यानलबाट सहसचिव पदकी उम्मेदवार सिंह बिजयी हुने मतदाताले आर्शिवाद दिइरहेका छन् । सिंहले हालसम्म गरेको कार्यअनुभव तथा कांग्रेसको नेतृत्व तथा बिकासमा पारिवारिक योगदानका कारण उहाँको जित हुनेमा धेरै कार्यकर्ता ढुक्क रहेको बताउँछन् ।
कांग्रेसको थुप्रै भातृसंगठनको नेतृत्व गरिसक्नुभएकी सिंहलाई पार्टीमा सबैले रुचाएका छन् । उहाँको व्यवहार सबैलाई समान छ, जसले गर्दा पनि उहाँलाई पार्टीमा धेरैले असल व्यक्तिका रुपमा पाएका छन् । आफ्नो प्यानलका सम्पूर्ण नेतृत्वहरुसंगै मतदाता भेटघाटमा गौडेल समूह सक्रिय छ ।
कांग्रेस बाँकेको नेतृत्वकर्ताका लागि उहाँले सबैको सहयोग हुने आश्वासन आएपछि नै उम्मेदवारी दिएको बताउनुभयो । “मतदाता ज्यूहरुले मलाई जित सुनिश्चित रहेको आश्वासन दिने गर्नुभएको छ,” सिंहले भन्नुभयो, “मलाई आशाा पनि छ, र पुन अनुरोध पनि गर्दछु कि सहसचिव पदका लागि योग्य छु भने मलाई भोट गरिदिनुस् ।”
यही फागुन १९ गते कांग्रेस बाँकेको निर्वाचन हुन लागेको छ ।







