कांग्रेस सभापतिमा फिट नेता कुर्मी

नेपालगञ्ज । बादसाह कुर्मी, समाज सेवा र राजनीतिका बादसाह नै हुन् भन्दा फरक न पर्ला । हुनत : उहाँले आफूलाई कहिल्यै त्यस्तो रूपमा प्रस्तुत गर्नु भएको छैन्, तर पनि उहाँको राजनीतिक क्रियाशिलता र राजनीतिक योगदानका आधारमा वहाँलाई दुवै क्षेत्रको बादसाह नै मान्न सकिन्छ ।

नेपाली कांग्रेसका ईमानदार, कर्मठ नेता कुर्मी अहिले हुन गई रहेको कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिनु भएको छ ।

२०१४ साल असोज १५ गते साविक परसपुर गाबिससमा जन्मिएका कुर्मीले गडरियनपुर्वा, हाल आदर्शनगरस्थित सरकारी विद्यालयबाट आफ्नो अध्य्यनको शुरूवात गर्नु भएको थियो ।

त्यहाँ ५ कक्षासम्म, सो पश्चात् नेपालगन्जस्थिति मंगल प्रसाद माध्यमिक विद्यालयमा ९ कक्षासम्मको पठाई गर्नु भयो । कुर्मीले त्यसपछि इन्टर सम्मको अध्धयन भारतबाट पूरा गर्नु भयो ।

२०३६ सालको जनमत संग्रहमा जब उहाँ सहभागी हुनुभयो, त्यपछि उहाँलाई राजनीतिको नसा लाग्यो । गाउँघरका सबैको सल्लाह सुझाव अनुसार उहाँले आफुलाई राजनीतिक क्षेत्रमा उभ्याउने प्रयास गर्नु भयो, फलस्वरूप २०४३ सालमा पन्चायत विरूद्व नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्नु भयो । तर झिनो मतान्तरले पराजित हुनु भयो ।

त्यसपछि उहाँले आफूलाई राजनीतिमा झनैं सक्रिय बनाउनु भयो । २०४६ सालको जन आन्दोलनमा उहाँको सक्रिय सहभागीता भएकै कारणले गर्दा हात भाँचिएको भएता पनि उहाँले हार मान्नु भएन । झनै उत्साहित भएर आन्दोलनको नेतृत्व गर्नु भयो । जन आन्दोलन कै क्रममा उहाँ लाई पटक पटक गरेर हप्तौं जेलमा पनि बस्नु पर्यो ।

२०४९ र २०५४ सालमा उहाँ दुई पटक नेपाली कांग्रेसका तर्फबाट परसपुर गाबिस अध्यक्षमा निर्वाचित हुनु भयो । गाविस अध्यक्ष हुँदा उहाँले आफ्नो ठाउँमा गरेको विकास निर्माणका कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुने गरेको छ ।स्थानीय निकायमा दुई दुई पटक निर्वाचित भए, पश्चात् पार्टीको जिल्ला स्तरमा अगाडि बढ्दै जानु भयो । जिल्ला सदस्य हुँदै कार्य समितिमा छिरेका कुर्मी २०६२/६३ मा नेपाली कांग्रेस बाँकेको कार्यबाहक सभापति समेत हुनु भयो ।

नेता कुर्मी पार्टीको ९ औं महाअधिवेशनदेखि हाल सम्म ६ पटक महाधिवेशन तथा महासमिति सदस्य भई सक्नु भएको छ । २०४८ र २०५६ साल गरि दुई पटक उहाँ नेपाली कांग्रेस पार्टी विजय भएको क्षेत्र नम्बर ३ मा प्रतिनिधी सभाको सदस्य हुनु भएको थियो । दुई पटक समानुपातिक सभासद भई विभिन्न समितिमा सदस्यको रूपमा रही महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

पछिल्लो संसदीय चुनावमा बाँके क्षेत्र नम्बर ३, नेपाली कांग्रेसको तर्फबाट विपरीत परिस्थितिमा पनि झिनो मतान्तरले लोकप्रिय नेता कुर्मी पराजित हुनु भएको थियो ।

अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याई उहाँ महाधिवेशन प्रतिनिधी बन्नु भएको छ ।

नेता कुर्मी बिगतको नेतृत्व अनुभवका साथ कांग्रेस बाँकेको सभापतिको नेतृत्वका लागि निर्वाचनमा होमिनुभएको छ । कुशल नेतृत्वकर्ता तथा पार्टीको नेतृत्व सबै समुदायले नेतृत्व गर्नपाउनुपर्ने भन्दै कुर्मीलाई नै यसपटकको नेतृत्व दिनुपर्ने कुरामा धेरै नेता कार्यकता तयार पनि देखिन्छन् ।

Previous articleजिल्ला लिगमा ओशोनिकको दोस्रो जित
Next articleबाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here