बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला

File Photo

हरि अधिकारी, खजुरा । बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला परेको छ । खजुरा गाउँपालिका वडा नं ३ स्थित पृथ्वी चोकमा आज बिहान स्थानीयले प्रेसर कुकर बम देखेका थिए ।

घट्नास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिररहेको बाँकेको प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

खजुरा बजार मनकामना चोकलाई गत पुष २७ गते पृथ्वी जयन्तीका दिन राप्रपाका नेता कार्यकताले पृथ्वी चोकको नामाकरण गरेका थिए ।

मंगलबार बिहान उक्त चोकमा बम देखिएको स्थानीयले बताएका छन् । बम भेटिएपछि खजुरा बजारमा चारैतिरबाट प्रहरीले मानिसको आवतजावत बन्द गरेको छ ।

Previous articleकांग्रेस सभापतिमा फिट नेता कुर्मी
Next articleकरिब चार घण्टापछि खजुरामा भेटिएको बम निस्क्रिय बनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here