जिल्ला लिगमा सोमबार नवदुर्गा बिजयी

नेपालगन्ज । नवदुर्गा युवा क्लबले जारी बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ ।

नेपालगन्ज रंगशालामा नवदुर्गाले बुद्ध युवा क्लबलाई ३–० ले हरायो । नवदुर्गाका लागि मनोज ओलीले २९औं मिनेट, रुपेश बुढाले ५० र बिनोद बुढाथोकीले ५७ औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी सोमबार भएको अर्को खेलमा युनाइटेड क्लब र जयकिसान स्पोर्टस क्लबबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितामा बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेता टोलीले बाँकेबाट लुम्बिनी प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

Previous articleबाँकेमा हात्तीपाईले रोग बिरुद्धको कार्यक्रम चुनौतीपूर्ण
Next articleपाँच दिने पत्रकारिता तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here