बाँकेमा हात्तीपाईले रोग बिरुद्धको कार्यक्रम चुनौतीपूर्ण

नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान चुनौतीपूर्ण बनेको छ । औषधी नै नखाने प्रबृत्तिले जिल्लामा यो अभियान सफल हुन नसकेको देखिएको छ ।

यही फागुन २८ गतेदेखि जिल्लामा १२ औ पटक यो अभियान संचालन हुन लागेको छ । अभियानबारे सोमबार स्वास्थ्य कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत यस पटक संचालन हुन लागेको अभियानबारे जानकारी गराएको छ ।

६ पटक निरन्तर यो अभियान संचालन भएपछि निवारण हुने यो रोग बाँकेमा १२ औं पटक संचालन हुँदा पनि निवारणमा चुनौती कायम छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले १२ औं पटक आम औषधी सेवा कार्यक्रम सञ्चालन गरिरहँदा पनि सन्तोषजनक नरहेको बताउनुभयो ।

पोजिटिभिटी रेटमा क्रमिकरुपमा सुधार आउँदै गएपनि आशातीत सफलता हासिल गर्न नसकिएको स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।

पछिल्लो तथ्याँक अनुसार नेपालगञ्जमा २.८ र कोहलपुरमा ५.५ प्रतिशत पोजिटिभिटी देखिएको छ ।

Previous articleनेपालगञ्ज ४ मा स्थानीयले मन्दिर निर्माण गर्दै, सेवा नेपालले गर्यो सहयोग
Next articleजिल्ला लिगमा सोमबार नवदुर्गा बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here