भन्सार छलिको अवैध सामान बरामद

बाँके । भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।

जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Previous articleपाँच दिने पत्रकारिता तालिम सम्पन्न
Next articleअन्तराष्ट्रिय महिला दिवसको अवसरमा उत्प्रेरणात्मक कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here