
बाँके । बाँकेमा एक वर्षअघि मोटरसाईकलबाट ठक्कर दिई फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार डुडुवा गाउँपालिका वडा नं–४ खालेमसहामा मोटरसाईकलको ठक्करबाट घाइते भएका ८५ वर्षीय नायव खाँको उपचारका क्रममा ज्यान गएको थियो ।
घट्नाको करिब एक वर्षपछि खाँलाई ठक्कर दिने भे ९ प ९२२६ नम्बरको मोटरसाईकल चालक डुडुवा–५ का १९ वर्षीय अरुण यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।
प्रहरीले यादवलाई श्रावण १९ गते सोमबार नियन्त्रणमा लिएको हो ।





