
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा काेराेना पुष्टि भएकाे हाे ।
संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएकाे छ । उनीहरू सबैलाई आईशालेशनमा राखिएको छ ।





