
शाहिल शेष राई (ताहिर), नेपालगञ्ज । बिश्वब्यापी रूपमा प्रत्येक बर्ष ८ मार्चका दिन मनाइँदै आएका अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मंगलबार देशभरी बिबिध कार्यक्रम गरि मनाएको छ ।
सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता भन्ने मुल्य नाराका साथ मंगलबार नेपालगन्ज लगायत देशभरी ११२ औं श्रमिक महिला दिवस २०७८ बिबिध कार्यक्रम गरि मनाएको हो ।
श्रमिक महिला दिवसको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज पंचशील र परिवर्तन फाउन्डेसनको संयुक्त आयोजनामा मंगलबार बेलुका नेपालगन्जको त्रिभुवन चौकमा दीप प्रज्वलन कार्यक्रम गरि मनाएको छ ।
श्रमिक महिला दिवसको अवसरमा बोल्दै नेपालगन्ज उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले भन्नुभयो, नारी नरको जननी हो नारी नभए नरको उत्पत्ति हुने थिएन्, हामीले नारीलाई गलत दृश्टीले हेर्यौ ।
नारीलाई हामीले हेर्ने दृश्टीलाई फरक गरौं नारीलाई हामी बढीभन्दा बढी शक्तिमा प्रयोग गरौं राज्यको बिकासमा, समाजको बिकासमा र देशको बिकासमा अघि बढ्न लगायतका लागि म भगवान संग दुवा गर्ने समेत बताउनुभयो ।
यसैगरी अधिवक्ता बिश्वजीत तिवारी, नेपालगन्ज वडा नं. २ वडा सदस्य आशा बिष्ट, परिवर्तन फाउन्डेसन संस्थापक कृष्णा पाण्डे , जसपा लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले लगायतले नारी दिवसका अवसरमा बोल्नु भएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा तीन दर्जन भन्दा बढीको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको समापन लायन्स क्लब अफ नेपालगन्ज पंचशीलको अध्यक्ष भावना सापकोटाले गर्नुभएको थियो ।





