
नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा आइ इ एफ एस को सहयोगमा बाँकेमा संचालित परियोजना अन्र्तगत कलेज तथा स्थानीय युवा क्लबका युवाहरुसंग १ दिने मिडिया साक्षरता तालिम सम्पन्न भएको छ ।
बाँकेको नेपालञ्ज उपमहानगरपालिका वडा नं १२ मुक्तिपुर, नरैनापुर गाउँपालिका वडा नं ६ स्थित जय किसान माध्यमिक बिद्यालय र खजुरा गाउँपालिका वडा नं ३ का स्थानीय युवाहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
बिद्यालयका १२ कक्षामा अध्ययनरत बिद्यार्थी र खजुरा युवाहरुलाई सहभागिता रहेको थियो । कार्यक्रममा मिडिया, मिडियाको प्रकार, निर्वाचनमा मिडियाको भुमिका, गलत सूचनाका प्रकारहरु, गलत सूचना तथा दुस्प्रचारको पहिचान, निर्वाचनमा पर्ने असर, निर्वाचनमा गलत सूचनाको प्रभाव, गलत सूचना जानकारीबारे कसरी रिर्पोट गर्ने, फेसबुकमा झुठा सूचना विरुद्ध रिपोर्ट गर्ने तरिकका बारेमा छलफल गरिको थियो ।
कार्यक्रमको सहजिकरण युवा अभियन्ता स्वेता गुरुङ्ग र सिकन्दर अलि मुकेरीले गर्नु भएको थियो । कार्यक्रममा ६५ जना युवाहरुको उपस्थिती रहेको नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।







