महिला दिवसका अवसरमा स्यानेटरी प्याड बितरण

नेपालगञ्ज । ११२ औं अन्तर्रास्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज वडा नं १९ मा स्यानेटरी प्याड बितरण गरिएको छ ।

प्याड बितरण कार्यक्रमको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले उद्घाटन गर्नुभएको थियो । इको नेपाल फाण्डेशन, गौरब स्मृति तथा बाई योर सेल्फ, शान्ति पुर्नस्थापना केन्द्र, बागेश्वरी अप्टिकल्स र नेशनल प्याथ ल्याबको सयुक्त आयोजनामा महिनावारी सम्बन्धी सचेतिकरण गरिनुका साथै निःशुल्क सनेटरी प्याड बितरन गरिएको हो ।

कार्यक्रममा उपमेयर थापा मगर, नेपालगञ्ज १९ का वडा अध्यक्ष पर्शुराम बर्मा, कैलपाल कलेजका निर्देशक रेवती सिंह, किशोरी सन्जाल नेपालगञ्जकी अध्यक्ष नेलिश गिरी र सगुन श्रेष्ठ लगायत उपस्थिति रहेको थियो ।“सामाजिक न्याय र लैङिक सामान्ता, दिगो बिकासको सुनिश्चितता” भन्ने नाराका साथ मनाइयोको कार्यक्रममार्फत दुई भन्दा बढि निःशुल्क स्यानेटरी प्याड बितरन गरिएको जनाइएको छ ।

समुदायस्तरमा अझै पनि महिनावारीका सम्बन्धमा नकारात्मक बुझाई रहेको र महिनावारी स्वच्छताबारे जानकारी अभाव रहेको पाईन्छ । महिनावारीको उचित हेरचाह नगर्दा स्वास्थ्यमा थुप्रै समस्या निम्तिने साथै बाँझोपन समेत हुने सम्भावना रहन्छ ।

महिनावारीलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

Previous articleमेयर तथा उप-मेयर क्रिकेटमा सिद्धार्थ र होलिल्यान्ड विजयी
Next articleबाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसानको जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here