बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसानको जित

नेपालगन्ज । खजुराको न्यु डाँफे स्र्पोटस क्लबले बाँके जिल्ला लिग फुटबलमा सानदार जित हासिल गरेको छ ।

मंगलबार नेपालगन्ज रंगशालामा न्यु डाँफेले बुद्ध युवा क्लबलाई ५–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ह्याट्रिक गरे ।

उनले २८औं, ५२औं र ६० औं मिनेटमा गोल गरेका थिए । अर्जुन सुनारले सुरुआतमै ७ मिनेट र प्रेम सुनारले ४८औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जय किसानले नवदुर्गा युवा क्लबलाई २–० ले पराजित गरेको छ ।

जय किसानका दिक्षान गिरीले ४७औं मिनेट र विश्वास विसीले ६०औं मिनेटमा गोल गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको जिल्ला लिग फुटबलाम बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।

Previous articleमहिला दिवसका अवसरमा स्यानेटरी प्याड बितरण
Next articleमुलुकले शिक्षामा नयाँ फडको मार्नुपर्छ : केन्द्रीय अध्यक्ष हमाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here