
नेपालगन्ज । बाँके जिल्ला लिग फुटबलमा बुधबार युनाइटेड स्पोर्टस क्लब र न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
नेपालगन्ज रंगशालमा युनाइटेड स्पोर्टसले मोडेल टिमलाई १-० ले हरायो । खेलमा मोडेलका गोलकिपरको छातीमा लागेर आत्मघाती गोल भएको थियो ।
यसैगरी अर्को खेलमा न्यु डाँफेले नवदुर्गा युवा क्लबलाई ३-१ ले पराजित गरेको छ । न्यु डाँफेका अर्जुन सुनारले ७ र २३औं मिनेटमा गोल गरे । र प्रेम सुनारले १३ औं मिनेटमा गोल गदैं न्यु डाँफेलाई जित दिलाए ।
नवदुर्गाले खेलको ५ मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई विशाल थारुले सदुपयोग गर्दै गोल गरे ।





