नेपालगन्जमा शुक्रबार सार्वजनिक बिदा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक बिदा दिएकाे छ ।

उपमहानगरपालिकामा कार्यरत कर्मचारीकाे निधन भएकाे हुँदा शुक्रबार फागुन २७ गतेका दिन उपमहानगरपालिकासहित सबै वडा कार्यालयहरूमा शाेक बिदा दिएकाे हाे ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतद्वारा जारी सूचनामा उपमहानगरपालिकामा कार्यरत कर्मचारी रामसुरेश यादवकाे असमायिक निधन भएकाे हुँदा उपमहानगरपालिका र वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेककाे सेवा शुक्रबार बन्द रहने जनाईएकाे छ । २०७८ फागुन २६ गते आफ्नो कर्मचारी यादवकाे निधनप्रति सम्वेदना समेत उपमहानगरपालिकाले प्रकट गरेकाे छ । साथै कार्यालय बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुबिधाप्रति क्षमा मागेकाे छ ।

Previous articleनेपालगञ्जमा उद्यम बिकास तालिम संचालन
Next articleयुनाइटेड र एबिसि सेमिफाइनलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here