नौं दिवसिय ज्ञान यज्ञ भण्डारा खुवाउँदै समापन

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ स्थित बेलभारमा आयोजना गरिएको नौं दिवसीय श्री शिव महापुराण कथा ज्ञन यज्ञ समापन भएको छ ।

नौं दिनसम्म निरन्तर पुजा पाठ तथा कथा वाचन भएको ज्ञान यज्ञको बिहीबार बिधिपुर्वक समापन गरिएको हो । सो अवसरमा प्रसाद बितरण (भण्डारा) खुवाईएको छ ।

गाउँमा रहेको शिव महापुराण ज्ञान यज्ञ समितिले फागुन १७ गतेदखि संचालन गरिएको महासंघमा टाढा टाढाका व्यक्तिहरु पुजा पाठमा सहभागि भएका छन् । बिहीबार आयोजना गरिएको प्रसाद ग्रहणमा वडा नं नेपालगञ्ज उपमहानगरपालिका १७ का वडा अध्यक्ष अजय पाठकले समेत सहभागिता जनाउनुभएको थियो ।

गाउँमा रहेको शिव मन्दिर प्रांगणमा प्रत्येक वर्ष यसैगरी पुजा पाठ गर्ने गरिएको स्थानीय शुरेस बर्माले जानकारी दिनुभयो ।

Previous articleयुनाइटेड र एबिसि सेमिफाइनलमा
Next articleशिक्षक महासंघ जानकीको अध्यक्षमा जाकिर सिद्धिकी मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here