शिक्षक महासंघ जानकीको अध्यक्षमा जाकिर सिद्धिकी मनोनित

शहिल शेष राई (ताहिर), नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका नेपाल शिक्षक महासंघको अध्यक्षमा जाकिर सिद्धिकीलाई मनोनयन गरिएको छ ।

नेपालग शिक्षक महासंघ बाँकेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै महासंघ जानकी गाउँपालिका अध्यक्षमा शिक्षक सिद्धिकीलाई मनोनयन गरिएको जनाएको हो ।

महासंघ बाँकेका अध्यक्ष पवन कुमार यादव र सचिव महेश कुमार शर्माद्धारा जारी गरिएको बिज्ञप्तिमा महासंघ जानकी गाउँपालिका अध्यक्ष रहनुभएका शिक्षक द्रोण थापा अवकाश भएकाले उक्त रिक्त पदमा शिक्षक सिद्धिकीलाई चयन गरि पठाईको उल्लेख छ ।

अध्यक्षमा सिद्धिकीलाई मनोनयन गरिएको सूचना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई समेत जानकारी गराइएको छ ।

शिक्षक थापा नेपाल राष्ट्रिय आधारभूत बिद्यालय जानकी गाउँपालिका वडा नं १ शिवपुरीको प्रधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँको यही फागुन २६ गते अनिवार्य अवकाश पाउनुभएको छ ।

अध्यक्षमा मनोनित सिद्धिकी नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय करमोहनामा कार्यरत हुनुहुन्छ ।

Previous articleनौं दिवसिय ज्ञान यज्ञ भण्डारा खुवाउँदै समापन
Next articleबर्दियामा वृहत यौनिकता शिक्षा सम्बन्धि ५ दिने तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here