भ्याक्सिनको पहुँचमा पुग्दै सर्वसाधारण

नेपालगञ्ज । कोरोना बिरुद्धको भ्याक्सिन कार्यक्रमलाई प्रभावकारी बनाउँदै सबै व्यक्तिलाई भ्याक्सिनको पहुँचमा पुर्याउन नेपालगञ्ज वडा नं ११ मा संचालन गरिएको अभियान सकिएको छ ।

चार दिन अघिदेखि यस वडाको बिभिन्न टोलहरुमा कोरोना बिरुद्धको जनचेतना बृद्धि गर्नका लागि अभियान संचालन गरिएको थियो सो अभियान आइतबार सकिएको हो । यस वडाको वडा सदरलाईन, एकलैनी, कहारन टोल, नयाँ बस्ती र इदगाह रोडमा घरदैलो गरेर अभियान संचालन गरिएको थियो ।अभियान अन्तर्गत २९९ घरधुरीमा छलफल गरिएको छ । घरभेट गरिएकाहरुमध्ये २२७ घरमा हरियो, ६९ घरमा पहिलो र ३ वटा घरधुरीमा रातो स्टिकर टाँस गरिएको छ । स्टीकरले घरधुरीका मानिस कोरोना बिरुद्धको अभियानमा जागरुक रहेको नरहेको देखिने गरेको हो । यसअघि यही टोलहरुमा गरिएको घरधुरी घलफलबाट धेरै संख्याको घरधुरी कोरोना बिरुद्धको भ्याक्सिनको पहुँचमा पुगेका थिएनन ।उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) द्धारा जोखिम संचार र समुदाय संलग्नता परियोजनामार्फत नेपालगञ्जका टोल टोलमा कोरोना बिरुद्धको सचेतना अभियान निरन्तर संचालन भएको छ ।

यसका साथै खोप केन्द्र स्वयंसेवकको समेत व्यवस्थापन गरेर खोप केन्द्र व्यस्थित बनाउने काममा समेत मंचले सहयोग पुर्याई रहेको छ ।नेपालगञ्जमा निरन्तर कोरोना बिरुद्धको सचेतनामूलक माईकिङ्ग अभियान, घरघरमा पुगेर खोप कार्यक्रममा प्रेरित गर्न घरदैलो, वडाका स्वास्थ्यकर्मीसहित खोप बारेको भ्रम निवारण कार्यक्रम, सडक नाटक लगायतका अभियानहरुमार्फत कोरोना बिरुद्ध सचेतना जगाउँदै सर्वसाधारणलाई खोप लगाउन प्रेरित गर्ने कार्य गरिरहेको मंचका सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleनेपाल युवा संस्था सञ्जालको लुम्बिनी प्रादेशिक उपाध्यक्षमा आशिष बर्मा निर्वाचित
Next articleलघुउद्यम बिकास तालिमबाट युवाहरु प्रेरित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here