
नेपालगञ्ज । नेपाल युवा संस्था सञ्जाल (आयोन) को लुम्बिनी प्रादेशिक उपाध्यक्षमा बाँकेको युवा अभियान्ता आशिष बर्मा निर्वाचित हुनुभएको छ ।
काठमाण्डौमा सम्पन्न आयोनको ८ औं अधिवेशनबाट केन्द्रिय कार्यसमितिका लागि लुम्बिनी प्रादेशिक उपाध्यक्षमा बर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।
युवा अभियन्ता वर्मा ल्लिा युवा क्लव संजाल बाँकेको अध्यक्ष समेत हुनुहुन्छ । यस्तै आयोनको अध्यक्षमा बिकल राई निर्वाचित हुनुभएको छ । राईले २१ मत ल्याउनुभएको थियो । उहाँले आफ्ना दुई प्रतिद्धन्द्धी संजय कुमार कुशवाहा र सेबिता गौतमलाई पराजित गर्नुभएको हो ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा चन्दन साह निर्वाचित हुनुभयो । उहाँले २३ मत ल्याउनुभयो । यस्तै महासचिवमा खिमानन्द देवकोटा, सचिवमा बिपना शर्मा निर्वाचित हुनुभएको हो । देवकोटाले २९ र शर्माले २५ मत ल्याउनुभएको थियो ।
प्रादेशिक उपाध्यक्षतर्फ बागमति प्रदेश उपाध्यक्षमा सन्तोष चौलागाई, प्रदेश १ उपाध्यक्षमा मधुसुदन उपाध्याय, मधेश प्रदेश उपाध्यक्षमा धिरेन्द्र कुरमा चण्डल, गण्डकी प्रदेश उपाध्यक्षमा मिलन सिंह बस्नेत, कर्णाली प्रदेश उपाध्यक्षमा मिना शाही र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा सरोज कुमार जोशी निर्वाचित हुनुभएको छ ।
आयोनको केन्द्रीय अधिवेशनमा जम्मा ४९ जना मतदाता रहेका थिए ।





