स्वाब नमूना परीक्षण : भेरी अस्पताल पुन: दोस्रोमा

बाँके । भेरी अस्पताल नेपालगञ्ज पिसिआर परीक्षण गर्नेमा देशभरिमा दोस्रो नम्बरमा यथावत रहेको छ ।

भेरीको प्रयोगशालामा देशभरीमा बढि स्वाब नमूना जाँच गर्नेमध्ये दोस्रो नम्बरमा रहेको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरीमा अहिलेसम्म २२ हजार चार सय स्वाब नमूना पिसिआर प्रबिधिबाट परीक्षण गरिएको छ ।

‘देशका २९ ठाउँमा पिसिआर प्रबिधिमार्फत कोरोनाको जाँच भइरेको छ,’ फोकल पर्सन श्रेष्ठले भन्नुभयो, ‘भेरीमा कोरोना जाँचको संख्या देशैभरिमा बढि छ ।’

यसअघि पनि भेरीको प्रयोगशाला देशभरीमा बढि पिसिआर परीक्षण गर्नेमा दोस्रो नम्बरमा रहेको थियो ।

२९ प्रयोगशालामध्ये पहिलो नम्बरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु रहेको छ । टेकुमा हालसम्म ९४ हजार ९ सय ५८ स्वाब नमूना परीक्षण भएको छ ।

Previous articleस्रोत नखुलेको रकमसहित अख्तियारद्वारा बाँके निकुञ्जका प्रमुख र सहायक पक्राउ
Next articleयोग गर्ने बानी बसाली स्वस्थ बनौ : जेसीजको एक महिने योगा कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here