
बाँके । “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं” भन्ने नाराका साथ नेपालगञ्ज जेसीज लगायत १६ वटा शाखाले एक महिनादेखि योगा प्रशिक्षण सञ्चालन गरेका छन् ।
जुम एप्लिेकेशनमार्फत असार २० देखि श्रावण २१ सम्म आयोजना गरिएको योगा प्रक्षिक्षण कार्यक्रममा ५८ जना व्यक्तिहरुको सहभागिता छ ।
नेपालगञ्जस्थित जेसीजको कार्यालयबाट संचालन गरिएको योगा कार्यक्रम जेसीज नेपालगञ्जका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सञ्चालन गरिरहनुभएको छ ।

योगा कार्यक्रमलाई योग गुरु दुर्गादेव सुवेदीले योग र ध्यानमार्फत प्रशिक्षण गरिरहनुभएको छ । कार्यक्रममा नेपालगञ्ज जेसिजका उपाध्यक्ष आशिष आनन्ंद, अंकित कुमार सिंह, पुर्वअध्यक्ष खडक बहादुर बोहरा लगायतको सहभागिता पनि छ ।
बिभिन्न जिल्ला र स्थानहरुबाट सहभागि भएकामध्ये नारायणघाट जेसिजबाट मुक्तिनाथ कपरी, पोखरा लेडिबाट अनिता खडका, सिधार्थ लेडिबाट अनिता पाण्डे, बालकोटबाट रबिन श्रेष्ठले योगाले शरीरलाई स्फुर्ति बनाएको, बजन घटेको र स्वास्थमा राम्रो परिवर्तन प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारुले अहिलेको समयमा युवाहरुले योग र ध्यानमा जोड दिनुपर्ने बताउनुभयो ।






