खजुरामै बिश्वबिद्यालयको मागसहित मूख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज । बाँकेको खजुरामै प्रादेशिक विश्वबिद्यालय सञ्चालन गर्न माग राख्दै प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक सभासद पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, शिक्षा क्षेत्रका कबिन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायसहितको डेलिगेसन टिमले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो ।

हाम्रो मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समिति कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने छ र उक्त आन्दोलनले गर्ने प्रतिकुल परिस्थितिप्रति प्रदेश सरकार एवं गैरजिम्मेवार योजना आयोग स्वयं जवाफदेही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले ज्ञापन पत्र बुझाउनुका साथै लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीसंग खजुरामै बिश्वबिद्यालय बनाउने बिषयमा छलफल गरेको छ ।

छलफलका क्रममा आवश्यक जग्गाको उपलब्धता भए बाँकेको खजुरामै प्रदेश बिश्वबिद्यालय बन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले आश्वस्त पार्नुभएको छ ।

खजुरामै बिश्वबिद्यालय हुनुपर्ने मागसहित ज्ञापनपत्र पुगेको डेलिगेसन टोलीका सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले बिश्वबिद्यालयका लागि आवश्यकताका आधारमा थप जग्गा उपलब्ध गराउने मूख्य मन्त्री तथा योजना आयोगका उपाध्यक्ष समक्ष प्रतिबद्धता जनाउनुभयो ।यस्तै टोलीले बिश्वबिद्यालयका बिषयमा भएको प्रगति र पछिल्लो समय लुम्बिनी प्रादेशिक बिश्वबिद्यालयलाई योजना आयोगले बिभिन्न बहाना गरी अन्यत्र सार्ने दुश्प्रयासका बारेमा जानकारी दिन पत्रकार सम्मेलन समेत गरेको छ ।

ज्ञापनपत्रमा शिक्षा नै बिकासको मूल आधार हो, जसले ब्यक्ति, समाज, राष्ट्र र सिंगो बिश्व नै रुपान्तरण गर्ने क्षमता राख्दछ भन्ने बिषयलाई आत्मसात गरी उच्च तहको जनशक्ति निर्माण गर्नका लागि सरकारले यहाँको माटो सुहाउदो शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गर्न लागेको पश्चिम लुम्बिनीको गौरव लुम्बिनी प्रदेशिक बिश्वबिद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा सञ्चालन गर्न आवश्यक गृहकार्य अगाडी बढाईएको र यस कार्यलाई मूर्तरुप दिन आवश्यक पर्ने स्थलका सम्बन्धमा खजुरा गाउँपालिकाले एक सय बिगाहा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धतापत्र जिल्ला समन्वय समिति बाँकेमा पठाएपछि जिल्ला समन्वय समिति बाँकेको सभाले समेत उक्त प्रस्तावको अनुमोदन गरि लुम्बिनी प्रदेश मूख्यमन्त्रीको कार्यालयमा पठाएको उल्लेख छ ।

सोको आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश बिश्वबिद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममै पारित गरि आर्थिक वर्ष २०७६÷२०७७ मा तिन करोड, आर्थिक वष २०७७÷२०७८ मा सात करोड र चालु आर्थिक बर्षमा दश करोड रकम समेत बिनियोजन गरेकोे छ ।सो पश्चात खजुरा गाउँपालिकाले आफ्नै खर्चमा खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा प्राबिधिकद्वारा नापी गराई जग्गा छुट्याईएको छ । आवश्यक महशुस भएमा बिश्वबिद्यालय सञ्चालनार्थ पायकपर्ने गरि थप जग्गा ब्यबस्थापन हुने प्रतिबद्धता जनाईसकेको र यही पबित्र कार्य सम्पन्न गर्नका लागि खजुरा गाउँपालिकाद्वारा स्थानीय, बुद्धिजीवि, शिक्षाबिद् र सरोकारवाला निकायहरुसंग घनीभूत रुपमा छलफल गरि बिश्पबिद्यालय सञ्चालननार्थ आवश्यक प्राज्ञिक, भौति तथा आर्थिक पक्षहरुलाई समेटेर तयार पारिएको कार्यपत्र समेत तत्कालिन मूख्यमन्त्री शंकर पोखरेललाई बुझाई सकिएको छ ।

बिश्वबिद्यालय स्थापनाकै सिलसिलामा तत्कालिन शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल र बाँके जिल्लाका सांसदहरु, स्थानीय सरकार प्रमुख लगायतले स्थलगत निरक्षण अवलोकन गरी प्रदेश संसदले समेत पारित गरिसकेको लुम्बिनी प्रादेशिक बिश्वबिद्यालयलाई योजना आयोगले बिभिन्न बहाना गरी अन्यत्र सार्ने दुश्प्रयास गर्नु गैर कानूनी मात्र होईन गैर जिम्मेवार कार्य हो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस निन्दनीय एवं बिभेदकारी कार्य तत्काल स्थगित गरी लुम्बिनी प्रदेश बिश्वबिद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा सञ्चालन गर्न जोडदार माग गर्दछौं, ज्ञापनपत्रमा भनिएको छ ।

Previous articleन्यु डाँफेले जित्यो बाँके जिल्ला लिग फुटबलको उपाधि
Next articleउपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्याएका तीन जना सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here