
नेपालगञ्ज । उपभोक्ता अधिकार र संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने विभिन्न क्षेत्रका तीन जना व्यक्तित्व विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सम्मानित भएका छन् ।
सम्मानित हुनेमा अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार सिंह ठकुरी, वरिष्ठ पत्रकार एवं दैनिक नेपालगंजका प्रधान सम्पादक झलक गैरे र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका सुचना अधिकारी देवीलाल चौलागाईं रहनुभएको छ ।
मंगलबार आयोजित एक समारोहका बीच बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले तीनै जनालाई सम्मान प्रदान गर्नुभएको छ ।





