ब्राउनसुगरसहित बर्दियाको बढैयातालबाट ३ जना पक्राउ

गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं–८ कण्ठपुर नेपाल–भारत सिमा नाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरी टोलीले नेपाल–भारत सिमा नाकाको बाटोमा दुई जनाको साथबाट ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको हो ।

लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलीले भारतको बहराइच जिल्लाका २५ वर्षीया सबिना साई र सोही ठाउँका २६ वर्षीय सद्दाम साईलाई खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।

उनीहरुले काठमाण्डौंबाट आएका व्यक्तिलाई बेच्न जान लागेको भनाईका आधारमा शादा पोशाकमा खटिएका प्रहरीले काठमाण्डौ महानगरपालिका वडा नं ४ बालुवाटार स्थायी ठेगाना भई हाल वडा नं ७ धापासी बस्ने ४७ वर्षीय सुमन केसी समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सबिना साईको साथबाट प्रहरीले ३७ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ३९ ग्राम २१० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३३ ग्राम ९० मिलीग्राम तौल रहेको लागु ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सद्दाम साईको साथबाट ३९ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ४१ ग्राम ३२० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३५ ग्राम ०४० मिलीग्राम तौल भएको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ फेलापारी बरामद गरेको प्रहरी निरीक्षक जोशिले बताउनुभयो ।

Previous articleपोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित
Next articleफेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here