पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित

एजेन्सी । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेको छ । बिहिबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट बन्नुभयो ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित हुनुभयो ।

अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज पहिर्‍याउनुभयो । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुनुहुन्छ ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ ।

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए । नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित रहनुभयो ।

Previous articleक्यान्सर अस्पताल बिकास समितिको प्रवक्तामा यादव
Next articleब्राउनसुगरसहित बर्दियाको बढैयातालबाट ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here