
नेपालगञ्ज । ३८ बर्ष शिक्षण पेसामा आवद्द रहेका प्रधानाध्यापक द्रोण बहादुर थापाको बिदाई गरिएको छ । एक कार्यक्रमको आयोजना गरि बिध्यालय परिवारले बुधबार सम्मानका साथ बिदाई गरेको छ ।
सम्मान तथा बिदाई कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादवको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रतिभा वली खडका, प्रधानाध्यापकहरु, शिक्षक सँघ, सँगठनका पदाधिकारीहरु, सुरक्षाकर्मी, पत्रकार, सँघसँस्स्था, बिध्यालय परिवार र बिद्यार्थीहरुको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
अनिवार्य अवकाश प्राप्प्त प्रधानाध्यापक थापा जानकी गाउँपालिका शिक्षक महासँघ अध्यक्षको पदमा रहि शिक्षा सुधारमा निरन्तर साथ र सहयोग गर्दै आउनुभएको थियो । उहाँको नेतृत्व क्षमता, खुबि, सकारात्मक सोचले गर्दा यस बिद्यालय परिवार, बिद्यार्थी, अभिभावक बिचको सम्बन्ध समुधुर बनेको छ ।
सम्मान तथा बिदाई कार्यक्रमले बिदाइ हुनेलाई आफ्नो जिन्दगीभरको मेहिनेत र आफुले गरेको कामको मुल्यांकन हुने अवसर मिल्दछ भने यस्ता सम्मानजनक कार्यक्रमले कलिला बालबालिकाको मस्तिष्कमा हुनेलाई सम्मान गर्ने बानीको बिकास हुने देखिन्छ ।





