
करुणा शाह (महारानी) । २/४ दिन पहिला नै रेडियो र टेलिभिजनमा होलिको शुभकामना एवम गित……..होलि ले, रगायो मेरो नया चोली…….ह्यापी ह्यापी होलि, रङ बर्से भिगे चुनर वाली, गित बजन सुरु भएसङै होलि आएको आभास भैसकेको हुन्छ सबैलाई ।
साथै बजार भरी बिक्रिको लागि राखिएका रङी चङी अबिर । कलर र पेचकारी र ह्यापि होलि । होलि को शुभकामना लेखिएको झुन्डिएको टिसर्ट देख्दा नै साथी भाइ र आफन्त भेटदा ह्यापी होलि भनिहान्छौ हामी ।
उज्यालो र चहकिलो को पर्व हो होलि अर्थात्फा गु पुर्णमा । तराइको होलि त्यसमा पनि नेपालगन्जको होलि सबैले सम्झिन लायकै हुन्छ । ग्रुप मा रमाइलो गर्दै मोटरसाइकल मा होलि खेल्दा को दृश्य ।बजार को चोक चोक मा फुल डिजे अनि आफनै पारा मस्तसंग नाचिरहेका मानिस ।
निकै रमाइलो हुन्छ । मट्का फोडने खेल यो यहाँ को विशेष हो । आफन्तज, इस्ट्र्मित्र, सहकर्मी साथिहरुसङ होलि खेल्नुको मज्जानै बेग्लै हुन्छ। भित्रैबाट उमङ, अनुहारमा मुस्कान । रंगीचंगी अबिरले होलि खेल्नु सबैलाइ हर्सोउल्लासको कुरा हो ।
बर्षमा एकपटक खेलिने कलरफुल पर्व ले सबैलाई रमाइलो पार्छ नै । होलि रमाइलो गर्नु । लामोसमय सम्म भेट नभएका आफन्त साथिभाइसंग भेट हुने अवसर जुटाउने कहि कतै जानी नजानी मनमुटाव भएका साथि भाइ लाई पुर्नमिलन गराउने पर्व पनि हो फागु पुर्णिामा ।
हरेक चाडपर्वको आफ्नै विशेषता हुन्छ यस्तै होलिको पनि आफनै महत्त्व छ । असत्य माथी सत्यको बिजय भएको समझनामा होलि मलाइन्छ भने हरिण्य कश्य्प्का छोरा प्रलादले होलिकालाई आगोमा दहन गर्दा प्रलाह्द आफै जलेको पनि पौराणिक कथा छ ।
जे होस होलि रमाइलो अनि उमंगको साथमा खेल्नु पर्छ । तर रमाइलो र उमंगको रुपमा मनाइने होलि पर्वमा आजभोली धेरै बिकृती पनि भित्रीएका देखिन्छ्न । होलि आउनु अगाडि नै छ्तबाट लोला हान्न शुरु गर्नु, नचिनेको मानिसलाई पनि जबर्जस्ति रंग लगाइदिनु, अबिरको साटो कलर, मोसो, ग्रीस लागाएर होलि खेल्नु ।
महिला सङ होलि खेल्दा संबेदनसिल अंगमा टार्गेट गरि लोला हान्नु वा कलर लगाउनु । रमाइलो बाहानामा मादक पर्दाथ, लागु पदार्थ सेबन गरेर, भाङ खाएर लठ्ठ भै होलि खेल्नु जस्ता बिकृती भित्रीएका छ्न । सहज र रमाइलो गर्दै आफन्तजन साथिभाइ सङ होलि खेल्नुको आनन्द बेग्लै हुन्छ ।
सबैलाइ होलिको शुभकामना सबैको होलि खेल्ने तरिका आफ आफ्नै हुन्छ । सोही अनुसार हामिले यसपालिको होलि तपाईं कसरी खेल्दै हुनु हुन्छ भन्ने सोधेका छौ ।
जनमत कार्की
(गणपती-भैरब प्रसाद दल गण इमाम नगर ब्यारेक नेपालगन्ज) देश तथा बिदेसमा बस्ने सम्पुर्ण नेपाली दाइ भाइ दिदी बैनी आमा बुवालाई फागु पुर्णिामाको शुभकामना । मलाइ एकदमै मन पर्ने पर्व हो होलि । विभिन्न रङको कलरले बेग्लै जोस र उमङ दिएको आभास हुन्छ मलाइ ।
यसपालीको होलि आफ्नै ब्यारेकमा सम्पुर्ण स्टाफ र आफन्तजन र साथिभाइ सङ रमाइलो गर्दै अबिर खेल्यो खानपिन गरेर मनाउदै छु । बाल्यकाल को होलि मेरो पोखरा मै बित्यो । त्यो बेलाको होलि त उ हो यति रमाइलो हुन्थियो अहिले पनि ताजै छ ।
साथी भाइ मिलेर ३ दिन पहिलाबाट होलिको योजना गरिन्थियो ।होलिको दिन बाइकमा सबै केटा केटि साथी मिलेर पुरै बजार घुमेको याद छ, साझ पख मज्जाले लेक साइडमा होलि खेल्थियो । बेदेशीहरुलाई पनि समाबेश गरेर होलि खेल्थियौ, रमाइलो हुन्थियो अनि बाल्यकालमा मोटरसाइकलमा हिडिरहेको मान्छेलाई मैले पिचकारीले हानेको थिय, पछि त्यो मानिसले मलाइ मज्जाले पिटेको याद छ ।
पछि कलेज लाइफमा पनि निकै रमाइलो सङ होलि खेल्थियौ हामी अहिले आर्मी भएपछि भने प्राय चाडपर्व ब्यारेक मै हुन्छ ।होलि मा पनि रमायो नाचगान हुन्छ रमाइलो हुन्छ ।
मधुसुधन न्यौपाने
(प्रहरी नायब उपरीक्षक प्रबक्ता जिल्ला प्रहरी कार्यलय बाँके) सबैलाई ह्यापि होलि । खुशीको पर्व हो उमङको साथ मनाउनु पर्छ । सुरक्षाकर्मीको नाताले चाडपर्बमा हामी बढि बिजि हुन्छौ ।
काहा के भयो के हुँदै छ सबै जानकारीको साथ डिउटी मै हुन्छौ । सबैलाई रमाइलो सङ होलि पर्व मनाउनु । लागू औषध, मादक पर्दाथ सेबन गरेर नखेल्न, कसैको इच्छा बिपरित रङ, अबिर नखेल्न म सबैमा संदेश दिन चाहान्छु ।
मेरो ब्याक्तीगत कुरा गर्दा त मलाइ एकदमै मन पर्छ होलि । बाल्यकाल घर दाङमा साथी भाइहरु आफन्तसंग रमाइलो गरेर खेलेको होलिको सम्झना अझै ताजा छ । घरबाट १५ ।१५ रुपैया माग्यो अबिर किन्यो गाउभरी डुलेर साथि भाइलाई लखेटी लखेटि रङ र पानी सङ होलि खेल्थियौ रमाइलो हुन्थियो ।
सम्राग्यी आर एल शाह
(नायिका) सबै भन्दा पहिले ह्यापी होलि । सबैलाइ अनि स्पीसल मेरो दर्सकलाई । होलि भन्ने बितिकै म कलर फुल भएको महसुस गर्छु । एकदमै मन पर्छ । पोहर रमाइलो सङ होलि खेल्न पाइन यसपाली घर परिवार र सिमित चलचित्रकर्मीसंग मनाउदै छु । म तराइ बिरगंजमा जन्मेको हुनाले मलाइ काठमाडौको होलि भन्दा तराइको होलि मन पर्छ ।
सानो छ्दा पुरै गाउँ भरीको मेरो साथीहरु मेरो घरमा नै होलि खेल्न आउँथे । डेग बजायो नाच्यो पानी भरेको बेलुन लोलाले हिडिरहेका मानिसलाई हान्यो रमाइलो हुन्थियो । कलेज इन्डिया भएकोले मैले खुलेर होलि मनाएन अब नायिका भैसकेपछि घर परिवार साथै चलचित्रकर्मी सबैले सङै मनाउछौ ।
मैले मुभीमा पनि होलिको सङ मज्जाले नाचेको छु अर्थात ग्रुपमा होलि खेलेको सिन छ रमाइलो लाग्ने सुटिङ हो नै नलाग्ने । सेतो कुर्ती पलजो अनि चन्देरी सल मा होलि खेल्दै छु ।
डा.अबिशेक अर्जेल
(छाला तथा यौन रोग विशेषज्ञ, नेपालगन्ज मेडिकल कलेज एबम नेपालगन्ज स्किन केयर सेन्टर) सबैलाई फागु पुर्णिामा होलिको धेरै धेरै शुभकामना । रमाइलो सङ होलि पर्व मनाउनुस । होलि खेल्दा स्किनको केयर गर्न सानो टिप्स ।
अहिले बजारमा विभिन्न किसिमको मिसावट अबिर कलर पाइन्छ त्यही अवीरले हामी सबैले होलि खेल्ने हो । मिसावट कलरले हाम्रो छालामा असर गर्छ । त्यसैले होलि खेल्नु भन्दा पहिला मज्जा पुरै फेशमा सनस्क्रीन क्रीम लगाउनु होला ।
हाट खुट्टामा मोस्टराइजर लगाउनुपर्छ । यसले गर्दा धेरै स्किन केयर हुन्छ । आँखाको सुरक्षाको लागि सनग्लास लगाउनुपर्छ अबिर खेल्दा पनि हल्का हातले अवीर लगाउने । धेरै रगडेर अबिर कसैलाइ दल्नु हुदैन । होलि खेल्दा पुरै फुल बाहुलाको कपडा लगाउनु पर्छ ।
कपालको केयरको लागि कपालमा तेल लागाउनु पर्छ । मलाई पनि होलि मन पर्ने चाड हो । घर परिवार र साथिभाइ संग रमाइलो गर्ने खानपिन गरि होलि मनाउदै छु ।
रचना श्रेष्ठ
(महिला उधमी एबम समाजसेवी) सबै लाई ह्यापि ह्यापी होलि । सबैको लाइफ कलरफुल होश । असत्य माथी सत्यको बिजय भएको सम्झनामा जसरी होलि मनाइन्छ यसै गरि हामी सबै को सधै सत्य होस ।
मलाइ होलि एकदमै मन पर्छ । बिजनेस म्यान भएको हुँदा धेरै ठाउँमा होलिको कार्यक्रम हुन्छ, सबै मा पुग्छु । साथी भाइलाई घर मै खानपिनको लागि निमन्त्रणा गर्छु रमाइलो हुन्छ ।
अग्रज व्यापारी ज्यु हरु, आफन्तजन अनि सहकर्मी सङ भेटधाट गर्यो होलिको शुभकामना आदनप्रदान गर्यो यहि हो । पुरै ग्रुप एकराउन्ड बजार कोहलपुर खजुरा पुग्छौ, नाच्यो रमाइलो गर्यो ।
अनिता पुन मगर
(बिद्यार्थी-महेन्द्र बहुमुखी क्यामपस नेपालगन्ज) ह्यापि होलि टु अल । मलाइ होलि एकदमै मन पर्छ । विभिन्न किसिमको कलर हेर्दा भित्रीबाटै उमंग आउँछ ।
मलाइ पिन्क कलर सारै मन पर्छ । अनुहारमा विभिन्न कलर मिसाएर अबिर लगाउदा वाउ देखिएको महसुस हुन्छ । होलि ४ गते भएपनि हाम्रो कलेजमा अस्ति नै सामान्य तरिकाले साथिभाइ सङ अबिर खेलिसक्यौ ।
सानो छदा घर दाङमा ओ हो लास्ट रमाइलो गरेको याद आउँछ । पुरै साथी सङै होलि खेल्यो अबिर भन्दा पनि कलर सङ होलि खेल्थियौ हामी । एक पटक कालो मोसो साथि ले दलिदियो, उसंग झगडा गरे अनुहारबाट कति दिन कालो नै गएन हाहा…अहिले सम्झिदा रमाइलो नै लाग्छ । यसपालीको होलि नेपालगन्ज मै मनाउदै छु । पुरै ग्रुप नै छौ पक्कै रमाइलो हुने छ ।
सितल बि.सि
(गृहणी) ह्यापी होलि सबैलाइ मलाइ अती नै मन पर्छ होलि । हामी त टोलका सबै दाजु भाइ दिदी बैनीले संगै मनाउछौ होलि । खानपिनको लागि मिठा मिठा परिकार बानायो, त्यसपछी होलि खेल्दै खायो रमाइलो गर्यो होलिको गितमा नाच्यो, ग्रुपमा टिकटक बनायो, रमाइलो हुन्छ ।
घरपछि म माइती कारकाँदो जान्छु । माइती मा सबै दिदी बैनी बुवा आमा जम्मा हुन्छौ रमाइलो हुन्छ । सधैको होलो विशेष नै हुन्छ हाम्रो यसपालो पनि रमाइलो हुने छ । बाल्यकालमा कलेजको साथी सबै जम्मा हुने मज्जाले नाच्दै पानी र अबिरले होलि खेलेको याद आउँछ ।





