
नेपालगञ्ज । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरस्थित एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
रेडपाण्डाको छाला बिक्री वितरण भइरहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले शनिबार बिहान साढे ११ बजेतिर उक्त होटलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले नेपालगञ्जको पुष्पलालचोकको एक होटलबाट तीन किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगन्जका राज कार्की रहेका छन् ।





