आजदेखि जानकी गाउँपालिका कार्यालयको सेवा अबरुद्ध

शाहिल शेष राई (ताहिर)
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरु तीन दिने बन्द गरिएको छ । गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै २०७८ चैत्र ६ देखि ८ गतेसम्म गाउँपालिकाबाट प्रदान हुने सेवा बन्द हुने जनाएको छ ।

पालिकाले गाउँपालिकाको बिभिन्न शाखाहरु मानपुरस्थित गाउँपालिका नव निर्मित सभाहलमा सार्नुपर्ने भएको र सो क्रममा सम्पूर्ण शाखाहरुको काजगजात व्यवस्थापन गर्ने क्रममा पालिकाबाट प्रदान हुने सेवा दिन नसकिने भन्दै तीन दिन प्रदान गरिने सम्पूर्ण सेवा अवरुद्ध हुने जनाइएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाद्धारा जारी बिज्ञप्तिमा शाखा व्यवस्थापन गर्ने क्रममा कार्यालयबाट सेवा अवरुद्ध हुने असुबिधा प्रति क्षमा मागिएको छ । साथै यस अवधीपछि पुन सम्पूर्ण काम काज संचालन हुने समेत जनाएको छ ।

Previous articleहोलीको विवादका कारण झडप हुँदा बेलभारमा १४ जना घाइते
Next articleबिक्री गर्न नेपालगञ्ज ल्याएको रेडपाण्डाको छालासहित ६ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here