कसौंधन बैश्य समाज युवा मंचले होली मिलन समारोह आयोजना गर्दै

नेपालगञ्ज । नेपालगञ्जमा यही चैत्र १२ गते भब्य होली मिलन समारोह २०७८ आयोजना गरिएको छ । कसौधन बैश्य समाज युवा मंचको आयोजनामा होलीको अवसरमा भब्य होली मिलन समारोह २०७८ आयोजना गरिएको हो ।

अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिम उच्च रहेकाले गर्न सम्पन्न गर्न नसकिएको कार्यक्रमलाई यस वर्ष थप भब्य बनाएर आयोजना गर्न लागिएको कसौधन बैश्य समाज युवा मंचका अध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो ।

“प्रत्येक वर्ष हामीले होलीको अवसरमा यसखालको कार्यक्रम आयोजना गर्ने योजना बनाएका थियौं,” अध्यक्ष गुप्ताले भन्नुभयो, “तर अघिल्लो वर्ष कोरोना संक्रमणले गर्दा माहोल सामान्य थिएन, गर्न सकेनौं, हाल सामान्य वातावरण रहेकाले गर्न लागेका छौं ।”

चैत्र १२ गते ४ बजे शुरु हुने कार्यक्रममा हुने लक्की ड्रमार्फत बम्फर बिजेतालाई उपहार समेत बितरण गरिनेछ । बम्फर उपहार अन्तर्गत प्रथम पुरस्कार स्वरुप कुलर, दोस्रो बम्फर उपहार अन्तर्गत म्याट्रिक्स २ थान, तेस्रो बिजेतालाई चाँदीको सिक्का ३ थान, चौथो बिजेतालाई मल्टीप्लक १५ वटा रहेको छ ।

कार्यक्रमलाई भब्य बनाउनका लागि कृपा मेडिकल सेन्टर (कृपा हस्पिटल प्रालि सुर्खेतरोड, माँ अम्बे अटो पार्टस बिपी चोक नेपालगञ्जले सहकार्य गरेको छ । मंचले सामाजिक कार्यहरु गर्दै अघि बढिरहेको छ ।

कोरोना संक्रमणका कारण सबैतिर वातावरण सामान्य नभएको समयमा समस्यामा परेका परिवारलाई खाद्यन्न बाड्ने, बृृद्धाश्रमलाई खाद्यन्न सहयोग प्रदान, आवश्यक स्वास्थ्य सामाग्री बितरण तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर मंच चर्चा बटुल्न सफल बनेको छ ।

Previous articleहुलास खाद्य उद्योगमा अनुमगन, गुणस्तर जाँचका लागि नमूना संकलन
Next articleविश्वकप लिग-२ मा नेपालद्धारा पपुवा न्युगिनी पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here