
नेपालगञ्ज । जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले कोहलपुरस्थित हुलास खाद्य उद्योग अनुगमन गरेको छ ।
उद्योगले उत्पादन गर्ने बस्तुबारे गुनासो आएपछि कोहलपुर वडा नं १४ पार्वतीपुरमा रहेको उद्योगमा सोमबार बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृतद्धय बिबेक सुबेदी, ज्योति आचार्य, उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिंह ठकुरी लगायतको टोलीले अनुगमन गरेको छ ।
उद्योगमा गरिएको अनुगमनबाट पिठोको नमूना संकलन गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।
संकलन गरिएको पिठोको नमूनाको जाँच गरिएपछि गुणस्तरबारे जानकारी प्राप्त हुने सूचना अधिकारी चौलागाईले बताउनुभयो । उद्योगले पिठो, आँटा, मैदा सूजि लगायत खाद्य बस्तु उत्पादन गर्दै आएको छ ।





