सहकारीमा जोडिँदै महिला उद्यमी

खजुरा । बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान शुरु गरिएको छ ।

८ वटा वडाका करीब ३ हजार परिवारलाई सहकारीमा जोड्ने कार्यक्रम अन्तरगत १ हजार ८ सय परिवार सहकारीमा आवद्ध रहेको र १ हजार २ सय परिवारलाई अभियानका साथ जोड्न गइरहेको जनाइएको छ ।

खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गरी व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम रहेको छ । सो अभियान अन्तरगत आज खजुरा वडा नं. ३ र ४ का करीब ४ सय बढी महिलालाई अभियानबारे जानकारी दिइएको छ ।

व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी पनि सहकारी मार्फत गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिनुभयो ।

गत माघ महिनाबाट संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रममा खजुराका हरेक वडाबाट २ सय महिला र गाउँपालिका भरी करीब २ सय युवा उद्यमी आवद्ध छन् ।भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔँ भन्ने मूल नाराका साथ खजुरा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियान कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्यमी र उद्यमशील बनाउने परियोजना रहेको उल्लेख गर्नुभयो ।

उहाँले १÷२ बाख्राबाट शुरु गरेको व्यवसाय सफल पारेर देखाउन सके प्रदेशमै नमूना हुने बताउनुभयो । खजुरा समृद्धका लागि १५ वर्षे योजना तयार भएको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले खजुरालाई समृद्ध बनाउन यो अभियानले तय गर्ने दावी गर्नुभयो ।

आफुहरुले खजुरालाई समृद्ध बनाउने ढोका खोलिदएको बताउँदै अध्यक्ष कक्षपतिले अब जुनसुकै सरकार आए पनि सोही बाटोमा अगाडि बढ्ने उल्लेख गर्नुभयो । साझेदारी संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले परियोजनाले आर्थिक सामाजिक र राजनीतिक सशक्तीकरण गर्ने बताउनुभयो ।

वडा नं.४ मा वडाध्यक्ष तिलकवीर सुनार र वडा नं.३ मा कान्तुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न महिला समूहका अध्यक्ष लगायतले अभियान बारे आफ्नो कुरा राख्नुभएको थियो ।

Previous articleविश्वकप लिग-२ मा नेपालद्धारा पपुवा न्युगिनी पराजित
Next articleनेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा : पूर्व मन्त्री राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here