नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा : पूर्व मन्त्री राई

नेपालगञ्ज । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहकाविच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ ।

नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो ।

उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो ।

सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो ।

उक्त पसलमा सुनचाँदी व्यवसायमा काम लाग्ने विभिन्न औजार र गहनाका आधुनिक डिब्बाहरु विक्रि गरिनुका साथै सुनचाँदी समेत खरिद विक्रि गरिने इमरान एण्ड मुस्तफा ज्वेलर्सका सञ्चालक गुलाम मुस्तफा जरगरले बताउनुभयो ।

Previous articleसहकारीमा जोडिँदै महिला उद्यमी
Next articleनेपालगञ्जमा दीगो विकास लक्ष्यको स्थानीयकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here