कलेजमा अध्यनरत युवालाई मिडिया साक्षरता जानकारी

नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा आई एफ इ एस को सहयोगमा बाँकेमा संचालित परियोजना अन्तर्गत ब्राइटल्याण्ड कलेज र महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजका ४० जना कलेजमा अध्यनरत युवासंग १ दिने मिडिया साक्षरता जानकारी दिइएको छ ।

कार्यक्रममा मिडियाको बारे जानकारी, यसका प्रकार, निर्वाचनमा मिडियाको भुमिका, गलत सूचनाका प्रकारहरु, गलत सूचना तथा दुस्प्रचारको पहिचान, निर्वाचनमा पर्ने असर, निर्वाचनमा गलत सूचनाको प्रभाव, गलत सूचना जानकारीबारे कसरी रिर्पोट गर्ने, फेसबुकमा झुठा सूचना विरुद्ध रिपोर्ट गर्ने तरिकका बारेमा छलफल गरिको थियो ।

कार्यक्रमको सहजिकरण युवा अभियन्ता ओजस्वी जोशी र राजेन्द्र बिष्टले गर्नु भएको नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।

Previous articleमहंगी नियन्त्रणमा प्रदेश सरकारको चासो, अनुगमन समितिलाई सक्रिय बनाउन पत्राचार
Next articleआँखा उपचारका लागि दृष्टि बिशेषज्ञ नामक सडक नाटक प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here