
नेपालगन्ज । विश्व अप्टोमेट्री दिवसको अवसरमा नेपालगञ्जको बिपी चोकमा सडक नाटक प्रदर्शन गरिएको छ ।
नेपाल दृस्टी विशेषज्ञ संघको लुम्बिनी प्रदेश नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै रहेको बिपी चोकमा बुधबार सडक नाटक प्रदर्शन गरिएको हो ।
आँखा उपचारका लागि दृष्टि बिशेषज्ञ नामक सडक नाटकमा हारुन अली, प्रकाश नेपाली, सुरज नेपाली, सान्नु रम्तेल, लक्ष्मन रम्तेल, शिओन रम्तेल र महिनी बाल्मिकीले बिभिन्न पात्रको भूमिका खेल्नुभएको थियो ।
विश्व दृस्टी विशेषज्ञ दिवस सन् २०२२ मुल नारा दिएर देशका विभिन्न भागमा सडक नाटक देखाउउने कार्यक्रम संयोजक तिलक शाहले जानकारी दिनुभयो ।
नेपालमा हरेक बर्ष चैत ९ गते मार्च २३ तारीखमा विश्व अप्टोमेट्री दिवस मनाउने गरिन्छ ।






