कोहलपुरका एग्रोभेट फर्महरुको अनुगमन, ४५ हजार जरिवाना असुल

नेपालगञ्ज । संयुक्त बजार अनुगमन टोलीले बुधबार कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न एग्रोभेट फर्महरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बिक्री वितरणको लागि राखिएका उपभोग्य म्याद समाप्त भएका करिब ४१ हजार रुपैयाँ बढी मूल्य बराबरको विभिन्न बिउ, बिजन, विषादी लगायतका वस्तु नष्ट गरेको छ ।

यस्तै मापदण्ड बिपरित पसलालाई ४५ हजार रुपैयाँ तत्काल जरिवाना गरिएको अनुगमनमा सहभागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा उपभोग्य म्याद समाप्त भएका विउ विजन बेचबिखन नगर्न, विउ विजन, मल, विषादी आदिको इजाजत लिएर मात्र व्यवसाय गर्न र उपभोक्ता झुक्याउने काम नगर्न व्यवसायीहरुलाई निर्देशन दिइएको पनि सुचना अधिकारी चौलागाईले बताउनुभयो ।

संयुक्त बजार अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र, बाँकेका सकिल अहमद, दिनेश भट्टरार्इ, शारदा ज्ञावाली, कोहलपुर नगरपालिकाका यज्ञ रोकाय, उपभोक्ता हित संरक्षण मंच, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार सिंह ठकुरी, नेपालगंज उद्योग वाणिज्य संघका अजय सिंजापति लगायतको सहभागिता रहेको थियो ।

Previous articleबिद्यालयको स्रोत बढाउन कारकाँदोमा व्यापारिक भवन निर्माण शुरु
Next articleविश्व क्षयरोग दिवस : कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here