बिद्यालयको स्रोत बढाउन कारकाँदोमा व्यापारिक भवन निर्माण शुरु

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका १८ कारकादोस्थित माध्यमिक विद्यालय लग्दहवामा माबी तहमा एकजना मात्रै दरबन्दी छ । चार वटा विद्यालय रहेको यो वडामा माबी तहको यो एउटा मात्र विद्यालय हो ।

तर यहाँ माबीमा तहमा एक जनामात्रै दरबन्दीमा शिक्षक हुँदा पठनपाठनमा समस्या छ । माबी दरबन्दी बढाउन उपमहानगरपालिकासंग भनेपनि पूरा भएन ।

निजि स्रोतमा शिक्षक राख्न वडा कार्यालय संग बजेट अभाव छ । त्यसैले वडा कार्यालयले संघीय सरकारको ३५ लाख बजेटबाट ब्यापारिक भवन निर्माण सुरु गरेको छ । उक्त भवनको आज वडाअध्यक्ष दीपककुमार बर्माले शिलान्यास गर्नु भएको छ ।६ कोठे सो भवन आगामी असार मसान्तसम्म सक्ने लक्ष्य छ । उक्त भवन भाडामा दिइने छ । त्योबाट आउने रकमले करारमा शिक्षक थप गरिनेछ ।

जसका कारण वडाका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने छ्न । यस्तै यहि वडाको पाटेश्वरी प्राबी भुजइ गाउँको विद्यालयको भवन निर्माण गरिने भएको छ । प्रदेश सरकारको २० लाखको लागतमा भवन निर्माण हुने वडाअध्यक्ष वर्माले बताउनुभयो ।

Previous articleआँखा उपचारका लागि दृष्टि बिशेषज्ञ नामक सडक नाटक प्रदर्शन
Next articleकोहलपुरका एग्रोभेट फर्महरुको अनुगमन, ४५ हजार जरिवाना असुल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here