कोमिड–१९ बिरुद्धको खोपबारे बिद्यार्थीहरुसंग छलफल

नेपालगञ्ज । कोमिड-१९ बिरुद्धको खोप सम्बन्धी बिद्यार्थीहरु संग छलफल कार्यक्रम नेपालगंजको मंगल प्रसाद मा.वि र नारायण मा.वि का कक्षा ११ र १२ मा अध्यनरत ६० जना बिद्यार्थीहरुसंग छलफल गरिएको छ ।

विद्यालय स्तरमा कोमिड-१९ बिरुद्धको सचेतना फैलाउन र कोरोना बिरुद्धको खोपको पहुँचमा पुर्याउन बिद्यार्थीहरुबीच छलफल गरिएको हो ।

छलफलबाट कोरोना संक्रमणको जोखिम अझै कायम रहेको र जोखिम कम गर्न विद्यालय स्तरसम्म खोप केन्द्र संचालन गरी खोप लगाउने र सावधानीका सूचना प्रचार प्रसार गर्ने जस्ता विषयमा जोड दिईएको छ।खोप नलगएका विधार्थीहरु नेपालगंजको वडा नं.४ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा गई खोप लगाउन जानकारी गराई खोप लगाउने प्रतिबद्धता बिद्यार्थीहरु जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको समन्वय, सहकार्य तथा सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक विकास मंच (एस डि एफ) बाँकेद्वारा संचालित “जोखिम संचार तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत जिल्ला युवा क्लब संजाल बाँकेको आयोजनामा उक्त छलफल गरिएको संजालका सचिव राजन वर्माले जानकारी दिनुभयो ।

Previous articleउद्यम बिकास तालिममार्फत युवाहरुलाई प्रेरित गरिदै
Next articleवडाअध्यक्षको प्रशंसायोग्य कार्य, अध्यक्ष होस त यस्तो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here