उद्यम बिकास तालिममार्फत युवाहरुलाई प्रेरित गरिदै

नेपालगञ्ज । युवाहरुको लागि सोमबारदेखि नेपालगञ्जमा संचालन भएको पाँच दिने उद्यम बिकास तालिम सम्पन्न भएको छ ।

उद्यम बिकासतर्फ प्रेरित गरि आर्थिक आर्जनका लागि सक्रिय बनाउन युवाहरुका लागि नेपालगञ्जमा संचालन गरिएको उद्यम बिकास तालिम शुक्रबार सकिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले संचालन गरेको तालिममा नेपालगञ्जका बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन गर्दै मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले आफैले गर्नुपर्ने र गर्न सक्ने उमेर अवस्था नै यही भएकाले केही उद्यमका लागि सक्रिय बन्न युवाहरुलाई प्रेरित गर्नुभयो ।समापनमा सल्लाहकार उपाध्याय र सेफ द चिल्ड्रेनकी यस परियोजना संयोजक फुल कुमारी चौधरी लगायतले सहभागिलाई प्रमाणपत्र बितरण गर्नुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, नगर अपाङ्गता संजालका अध्यक्ष गोकर्ण आचार्यको उपस्थिति रहेको थियो ।

दोस्रो चरणमा संचालन गरिएको तालिममा अपाङ्गता भएका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । तालिमको समापनमा मंचका कार्यक्रम संयोजक राम श्रेष्ठ, सिनियर अफिसर बृजेश ठाकुर लगायतको उपस्थिति रहेको थियो । तालिमबाट सहभागिहरु उत्पेरित देखिएका छन् ।

परियोजनाले नेपालगञ्जमा शैक्षिक बिकासका लागि आर्थिक अवस्था कम्जोर बिपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रबृति सहयोग, उद्यम बिकास जस्ता गतिबिधि संचालन गर्दै आएको छ । मंचले संचालन गर्ने हरेक गतिबिधिमा कार्यक्रमको बजेट विवरण समेत सार्वजनिक गर्दै आएको पाइएको छ ।नेपालगञ्जमा असमान्ता तथा भेदभावमा परेका किशोर किशोरी तथा युवाहरुको सर्वाङ्गिण बिकास गर्ने परियोजनाको लक्ष्य रहेको छ । परियोजनामार्फत बाल गरिबीतर्फ (जिवीकोपार्जन तथा शिक्षा) ८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्यतर्फ ४ प्रतिशित र सरसफाईतर्फ ७ प्रतिशत कार्यक्रम संचालन गरिएको जनाएको छ ।

यस कार्यक्रमहरुमार्फत अति गरिव तथा बिपन्न परिवारका किशोर किशोरी (महिला ५० प्रतिशत अनिवार्य रहने गरी) १३ देखि १५ वर्ष र १६ देखि २४ वर्ष उमेर समूहलाई सहयोग पुर्याइनेछ ।

परियोजना अन्तर्गत नेपालगञ्जको चार वटा बिद्यालय कार्य क्षेत्र रहेका छन् । नेपालगञ्जको मंगल प्रसाद माबि, सरस्वती माबि, धम्बोझी माबि र महाराजा माबि रहेको मंचकी अफिसर पुजा बर्माले बताउनुभयो ।

Previous articleमाबि जोगागाउँको बि.व्य.स.पदाधिकारीद्धारा शपथ तथा पदभार ग्रहरण
Next articleकोमिड–१९ बिरुद्धको खोपबारे बिद्यार्थीहरुसंग छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here