काठमाण्डौ बन्यो बिश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

नेपालगञ्ज । काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ ।

काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ ।

एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।

नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ ।

Previous articleनेपालगन्जकाे एक औषधी पसललाई २० हजार जरिवाना
Next articleखेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here