
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं-१२ मेडिकल कलेज नेपालगन्ज नजिकै संचालित एक औषधीलाई कारवाही गरिएको छ ।
बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आइतबार नेपालगन्ज मेडिकल कलेज नजिकै रहेको एक फार्मेसीलाई अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा २० हजार रुपैयाँ जरिवाना गरेको हाे ।
नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा तत्काल २० रुपैयाँ जरिवाना गरिएको र थप अनुसन्धान र कारवाहीको प्रक्रिया औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जबाट अघि बढ्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज र औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जबाट भएको संयुक्त बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज प्रमुख कृष्ण प्रसाद पौड्याल र औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साह लगायत रहनु भएको थियो ।





