मन्त्रिपरिषदका निर्णय सार्वजनिक, के हुन ति १० निर्णय !

नेपालगञ्ज। मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरिएको छ । सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ (१) को खण्ड (ख) बमोजिम ४३ जिल्लामा अध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
१.प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गर्ने भारत भ्रमणमा सहभागी हुन प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने,

२.अरुण–३ जलविद्युत् परियोजनाको पहुँचमार्गअन्तर्गत छ्याङकुटी तिदिङ जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने,

३.विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने,

४.आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड, २०७८ स्वीकृत गर्ने,

५.नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुवल माध्यमबाट आयोजना गर्न स्वीकृत गर्ने,

६.उत्पादनमूलक उद्योग, औद्योगिक पर्यटकका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी पहिलो कार्यविधि, २०७८ स्वीकृत गर्ने,

७.नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा वसन्तकुमार पन्त, धीरज प्रतापसिंह र रवीन्द्र कुँवर धानुकलाई बढुवा गरी रिक्त पदमा पदस्थापन गर्ने,

८.राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने,

९.न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगीता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने,

१०. गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरी (डडेलधुरा) लाई नियुक्त गर्ने ।

Previous articleनेपाल भारतका पत्रकारबीच नेपालगञ्जमा ऐतिहासिक अन्तरक्रिया हुँदै
Next articleसुधारगृहमै क्षमताभन्दा बढी बालक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here