नेपाल भारतका पत्रकारबीच नेपालगञ्जमा ऐतिहासिक अन्तरक्रिया हुँदै

नेपालगन्ज । प्रसिद्ध मन्दिर माता बागेश्वरीको पावन धर्तीमा भारतीय पत्रकारको उपस्थिति हुने भएको छ ।

मधेश मिडिया मिसन नेपाल र सत्यमखबर डटकमको संयुक्त आयोजनामा शनिबार नेपालगञ्जमा नेपाल भारतका पत्रकारबीच ऐतिहासिक जमघटन हुन लागेको हो ।

आयोजकका अनुसार अन्तरक्रियामा बाँकेका बरिष्ठ पत्रकारसहितका अन्य र भारतको बहराईच जिल्ला अन्तर्गत बिभिन्न संचारमाध्यममा कार्यरत बरिष्ठ सहितका पत्रकारको उपस्थिति हुने भएको छ ।

‘होली मिलन’ अउर ‘सीमानाका क्षेत्र मैहां मिडियाकर्मी कै भूमिका’ विषयक उक्त अन्तरक्रियामा भारतमा रोजगारी गरी फर्कने नेपालीसंग लुटपाट, नेपालबाट भारतमा विवाह भएर जाने चेलीबेटीसंग हुने दुव्यर्वहार र उत्पीडन, मानव बेचबिखन, नेपाल भारतको पत्रकारिताको विकास र सम्बन्ध, नेपाल भारत एकता जस्ता मुद्धामा बृहत छलफल हुने भएको छ ।

यस कार्यक्रमले नेपाल भारतबीचको सम्बन्ध प्रगाढ बनाउने नेपाली चेलीबेटीको विभिन्न समस्याहरु समाधान हुने आपेक्षा लिईएको छ ।

Previous articleराष्ट्रिय भुमि आयोग बाँकेको अध्यक्षमा यादव नियुक्त
Next articleमन्त्रिपरिषदका निर्णय सार्वजनिक, के हुन ति १० निर्णय !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here