
गुलरिया । माइती नेपालको ३० औ स्थापना दिवसको अवसरमा माइती नेपाल बर्दियाले बिबिध कार्यक्रम गरेको छ ।
दिवसका अवसरमा गुलरियास्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विधालयमा मानब बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखी कार्यक्रम गरिएको छ ।
कक्षा १० छात्र र छात्राहरुलाई मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौर तरिका, सम्भावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी व्यवस्थाको बारेमा जानकारी दिँदै सजकता उपनाउनुपर्ने कुरामा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापालले यस्ता खालका कार्यक्रम अती आवश्यक रहेको भन्दै बिधालयस्तरीय यस्ता कार्यक्रमहरुले बिधार्थीहरुको मनोबल बढ्ने र भविष्यमा सामाजिक क्षेत्रमा भुमिका खेल्न प्रेरित गर्ने बताउनुभयो ।
यस्तै माइती नेपाल बर्दियाले बिहीबार नै बगलामुखी चोकमा बिभिन्न यात्रारत मानिसहरु र अभिभाबक विधार्थीहरु समेतलाई पोष्टर पाम्प्ले वितरण गरी सडक अन्तरक्रिया कार्यक्रम गरेको छ भने जिल्ला प्रहरी कार्यालय अगाडीको चोकमा दिप प्रजलन गरेको थियो ।





