टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु

नेपालगञ्ज । बालबालिकाहरुका लागि टाइफाइड रोग विरुद्धको खोप अभियान आज बुधबारबाट शुरु भएको छ ।

यही क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको हो ।

नेपालगञ्ज वडा नं १ स्थित धम्बोझी माध्यमिक बिधालयमा जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको उपस्थितिमा खोप अभियान शुरु गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखा सिअहेव तेज वलीले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत नेपालगञ्जका ३९ हजार २ सय २६ जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने छ ।

Previous articleनेपालको संबिधान-२०७२ “अवधी” भाषामा अनुवाद
Next articleबर्दियाको गुलरियामा बिद्यालय अभिमुखिकरण तथा दिप प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here