
एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् ।
देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्काको रेल स्टेशनमा आक्रमण भएको हो । क्रमातोस्क रेल स्टेबनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाबारे थप विवरण हामी संकलन गर्दै छौँ, रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालमा लेखेका छन् ।





