कैलाश भवन निर्माणार्थ नेपालगञ्जमा धार्मिक महामहोत्सव शुरु

नेपालगन्ज । नीलसागरको निमार्णाधीन कैलाश भवन निर्माणका लागि आइतबारबाट महामहोत्सव शुरु गरिएको छ । नेपालगन्जमा रहेको नीलसागर सेवाश्रमले आज (आइतबार) देखि धार्मिक महामहोत्सव आयोजना गरेको हो ।

नेपालगन्जमा रहेको रामलिला मैदानमा महोत्सव शुरु भएको छ । महोत्सवको पूर्वसन्ध्यामा कलश यात्राको आयोजना गरिएको छ । रामलिला मैदानबाट शुरु भएको कलश यात्रा वीपी चोक हुँदै धम्बोझी चोक, सेतुविक चोक, न्यूरोड हुँदै पुनः रामलिला मैदाम पुगेको थियो ।

कलस यात्रामा विद्यालय, प्रहरीलगायत विभिन्न संघ–संस्था र नेपालगन्जवासीको उपस्थिति रहेको थियो । महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । तीन वर्षअघि देखि नेपालगन्जमा निर्माण गर्न शुरु गरिएको नीलसागरको कैलाश भवन निर्माणमा बजेट अभाव भएका कारण महोत्सव आयोजना गर्न लागिएको सरिता नीलसागरले बताउनुभयो ।

नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।

Previous articleगैससहरुको ‘गैसस पार्श्वचित्र’ बिमोचन
Next articleनेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here